भ्रष्टाचारविरोधी समाचारलाई पुरस्कृत गर्दै अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरोधी समाचार र लेख रचना मागेको छ । आउँदो माघ २८ गते आयोगको ३५ औं स्थापना दिवसका अवसरमा सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याएका समाचार र लेख रचनालाई पुरस्कृत गर्न मागिएको हो ।
गत वर्षको माघदेखि यही पुस मसान्तसम्म प्रकाशित वा प्रशारित त्यस्ता समाचार तथा लेख रचना नेपाली र अंग्रेजी भाषामा हुनुपर्ने, न्यूनतम सात सय शब्दको हुनुपर्ने तर समाचारको हकमा शब्द सीमा तोकिएको छैन । त्यस्तै, दुई वा सोभन्दा बढी व्यक्तिले संयुक्त रुपमा लेखेको समाचार तथा लेख रचनालाई प्रक्रियामा समावेश नगरिने आयोगले प्रष्ट पारेको छ ।
आयोगका अनुसार प्रतिव्यक्ति तीन वटा समाचार र लेख रचना पठाउनुपर्ने छ । आयोगको इमेल ठेगानामा समाचार वा लेख रचना पठाउन सकिने छ । श्रव्यदृश्य सामग्री इमेलमा अपलोड हुन नसकेमा पेनड्राइभमा राखेर पेश गर्न सकिने आयोगले जनाएको छ ।
टिप्पणीहरू