ओलीपछि प्रचण्डसँग भेट्दै काँग्रेस नेताहरू

ओलीपछि प्रचण्डसँग भेट्दै काँग्रेस नेताहरू

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेस नेता रमेश लेखक ललितपुरको हात्तिवन पुगेका छन् । माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा गठबन्धनको प्रस्ताव लिएर लेखक त्यहाँ पुगेकाे बताइएकाे छ। 

नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठ समेत कुराकानीमा सहभागी भएकाे बताइन्छ । आगामी निर्वाचनमा कांग्रेसको चुनावी तालमेल तय गर्ने जिम्मेवारी पाएका उपसभापति पूर्णबहादुर खड्का र नेता लेखक हिजो दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए । भने, साँझ महराजगञ्ज पुगेर सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरेका हुन् । 

कांग्रेस र एमालेले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्ने चाहना व्यक्त गर्दै आए पनि नेकपाले भने हालसम्म औपचारिक निर्णय गरेको छैन । हिजो नयाँ दिल्लीबाट फर्किएका प्रचण्ड वाह्य जिल्लामा जाने कार्यक्रम रोकेर विभिन्न दलका नेताहरुसँग छलफलमा व्यस्त छन् ।
 

टिप्पणीहरू