सरकारी निवेदनमा हुलाक टिकट अनावश्यक

सरकारी निवेदनमा हुलाक टिकट अनावश्यक फाइल फोटो

अबदेखि सार्वजनिक सेवाका लागि कागजातमा हुलाक टिकट टाँस्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै हुलाक टिकट टाँस्नु पर्ने व्यवस्था हटाएको जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार गत मंसिर २९ गतेको क्याबिनेट बैठकले प्रचलित कानूनमा किटानी व्यवस्था भएकोबाहेक अन्य सेवा प्रवाह प्रक्रियामा हुलाक टिकट टाँस्ने प्रचलन वा व्यवस्था हटाउने निर्णय गरेको थियो । 

‘उक्त निर्णयअनुसार यस मन्त्रालयअन्तर्गतका निकाय, विभाग, कार्यालयहरुबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानूनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाइएको जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ ।
 

टिप्पणीहरू