दुई पूर्वमन्त्रीले पार्टी छोडे
नेकपा (एमाले)का नेता बृजेशकुमार गुप्ताले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीप्रति प्रश्न उठाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
कपिलवस्तुबाट चार पटक लगातार चुनाव जितेका गुप्ता पूर्वमन्त्रीसमेत हुन् । भदौ २३ गतेको जेनजी विद्रोहलाई पार्टी नेतृत्वले स्वीकार गर्न नसकेको र बहुमतको दम्भमा जे गरे पनि हुन्छ भन्ने प्रवृति देखाउँदै गएका एमालेमा बस्न नसकेको उनले बताए ।
ओलीकै कारण जनतामा पार्टीको छवि विग्रदै गएकोले आत्मसमीक्षा गरेर पार्टी छाड्ने निर्णयमा पुगेको गुप्ताको भनाइ छ ।
यता, अर्का पूर्व पूर्वमन्त्री उमेश यादव पनि नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका छन् । माओवादी पूर्वलडाकूसमेत रहेका उनलाई उपेन्द्रले आज पार्टीमा स्वागत गरे ।
०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका यादव सदनमा कुर्सि भाँचेर चर्चामा आएका थिए ।
टिप्पणीहरू