यसकारण चीन शान्ति र स्थायित्व पक्षधर मुलुक
राष्ट्रपति सी जिनपिङले विगतमा झैँ सन् २०२५ मा पनि चीनले शान्ति, स्थायित्व र प्रगतिमा अनवरत लागिपरेको मुलुकको भूमिका निर्वाह गरेको सन्देश दिनुभएको छ । गत सेप्टेम्बर ३ मा चीनले जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सव मनाउने क्रममा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा आयोजित समारोहमा ६१ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, भूतपूपूर्व नेताका साथै अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। समारोहलाई सम्बोधन गर्दै सीले इतिहासको स्मरण गर्नु, शहीदहरूलाई सम्मान गर्नु र शान्तिको मूल्य बुझ्नुपर्नेमा जोड दिनुभयो । विश्वका सबै देशलाई इतिहासबाट पाठ सिक्दै सहकार्यको माध्यमबाट साझा भविष्य निर्माण गर्न आह्वान गर्नुभएको थियो ।
त्यसअघि जुलाई ७ मा जापानी आक्रमणविरुद्धको राष्ट्रिय प्रतिरोध सुरु भएको ८८औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति सी जिनपिङले ‘हन्ड्रेड–रेजिमेन्ट अभियान’का शहीदहरूको स्मारक क्षेत्रको भ्रमण गर्दै युवाहरूलाई क्रान्तिकारी परम्परालाई निरन्तरता दिन र उच्च लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभएको थियो ।
समारोहपछि बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित स्वागत कार्यक्रममा उहाँले चिनियाँ आधुनिकीकरण शान्तिपूर्ण विकासमा आधारित रहेको उल्लेख गर्नुभयो । भन्नुभयो, ‘चीनले अन्तर्राष्ट्रिय शान्ति, स्थायित्व र विकासको पक्षमा काम गरिरहने छ ।’
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू