माइतीघरमा महिलाहरूकाे नाराबाजी

माइतीघरमा महिलाहरूकाे नाराबाजी

समानुपातिक सूचीमा महिलाको अधिकार सुनिश्चितताको माग गर्दै राजधानीमा र्याली निकालिएको छ । ‘महिला अधिकारका लागि दबाब अभियान’ ले आज माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्यालीसहितको विरोध प्रदर्शन गरेको हो । 

राजनीतिक दलहरुले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न खोजेको उनीहरुको आरोप छ । उनीहरुले ‘दलहरु खबरदार, समानुपातिकमा जानेहरु होसियार’, ‘समानुपातिकलाई आलोचित नबनाऊ’,‘संविधानको व्यवस्थालाई खुम्च्याउन पाइँदैन, त्यस्तो राजनीति चाहिँदैन’,‘संविधानको मर्मलाई कायम गर’,लगायतका नारा लगाएका थिए । 

त्यहाँ उपस्थित तीन दर्जन बढीले ‘वी डिमाण्ड जस्टिस’,‘महिलाको समान अधिकार, देश विकासको आधार’,‘महिलाको अधिकार, मानव अधिकार’,‘स्टप मोरल पोलिटिक्स’,‘समानता र समावेशिता नै लोकतन्त्रको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए । 

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । उक्त सूची सार्वजनिक भएसँगै दलहरु विवादमा तानिएका छन् । 

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेकोमा महिलाको संख्या निकै न्यून छ ।

 

टिप्पणीहरू