स्वयम्भू पछाडि स्वास्थ्यकर्मीहरु आन्दोलित

स्वयम्भू पछाडि स्वास्थ्यकर्मीहरु आन्दोलित फाइल फाेटाे

काठमाडौंको स्वयम्भू पछाडि रहेकाे मनमोहन मेमोरियल मेडिकल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । सरकारले तोकेबमोजिम पारिश्रमिक नदिएको र माग्दा जागिरबाट निकाल्दिने धम्की दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

हिजोबाट आन्दोलन शुरु गरेका उनीहरुले आज पनि अस्पताल प्रशासन विभागअगाडि धर्ना दिइरहेका छन् । नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियन मनमोहन मेमोरियल मेडिकल तथा शिक्षण अस्पताल इकाई अध्यक्ष शिव केसीको नेतृत्वमा झण्डै चार दर्जन कर्मचारी धर्नामा सामेल भएका छन् । 

उनीहरुले ‘प्रचलित ऐन, कानून कार्यान्वयन गर’, ‘बिदाको सट्टामा रकम दे’, ‘नर्स र स्वास्थ्यकर्मीलाई सरकारीसरह पारिश्रमिकको व्यवस्था गर’, ‘पिक एण्ड ड्रपको व्यवस्था गर’, ‘बोनसको व्यवस्था गर’, ‘अस्पतालको सबै सेवामा ५० प्रतिशत छुटको व्यवस्था गर’, ‘पाँच वर्ष बढी काम गरेका कर्मचारीको एक तह बढुवा गर’, लगायत लेखिएका प्लेकार्डसमेत बोकेका छन् ।

टिप्पणीहरू