बहादुर भवनमा हर्क साम्पाङको उद्घोष

बहादुर भवनमा हर्क साम्पाङको उद्घोष

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले आधिकारिकता पाएको छ । 

निर्वाचन आयोगले आज उक्त दललाई मान्यता दिँदै दर्ता प्रमाण पत्र प्रदान गरेको हो । प्रमाणपत्र बुझ्न हर्क दलबलसहित दिउँसो बहादुर भवन पुगेका थिए ।  

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका हर्कले जेनजी प्रदर्शनपछि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए । दल दर्ताका लागि गत असोज १२ गते आयोगमा निवेदन परेको थियो । 

‘माटोको ढिस्को’ चुनाव चिन्ह रहेको श्रम संस्कृति पार्टीमा चार जना पदाधिकारी रहेका छन् । दल दर्ता प्रमाण पत्र बुझ्दै हर्कले आयोग परिसरमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

तस्बिरहरु

​​​​​​​

टिप्पणीहरू