प्रसाईं र शेरचनबीच मिलेर जाने सहमति
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचनको नेपाली कांग्रेस (बिपी)बीच सहकार्यको सहमति भएको छ ।
दुई समूहले आज भक्तपुरमा संयुक्त पत्रकार सम्मेलन गरी यस्तो सहमति गरेका हुन् । त्यसक्रममा प्रसाईं र शेरचनले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे ।
राजसंस्था पुर्नस्थापनाको लागि प्रसाईंले आगामी मंसिर ६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेकोमा अब कांग्रेस (बिपी) पनि सहभागी हुने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि अभियानमा सहकार्य गर्ने दुई समूहको सहमति छ ।
सहमतिअनुसार आन्दोलनको क्रममा कांग्रेस (बिपी)का नेता तथा कार्यकर्ताले आफ्नो झन्डा, नाराहरू, प्रचार–सामग्री प्रयोग गर्नेछन् । आन्दोलनलाई प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिने र तोकिएको जिम्मेवार व्यक्तिले आन्दोलनका विभिन्न भूमिकाहरु निभाउने भनिएको छ ।
त्यस्तै, आन्दोलनमा कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने पनि सहमति भएको छ ।
टिप्पणीहरू