ट्रकको पछाडि दुईवटा बस ठोकिँदा तीन दर्जन घाइते, चालक फरार

ट्रकको पछाडि दुईवटा बस ठोकिँदा तीन दर्जन घाइते, चालक फरार

चितवनको टिकौली जंगलमा गएराति ट्रकको पछाडि बसहरु ठोक्किँदा सवारी दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन् । मध्यरात १ बजेतिर भरतपुर–९ स्थित टिकौली जंगलमा एउटा ट्रकको पछाडि दुईवटा बस ठोक्किएको थियो ।

ना.६ख ८१३ नम्बरको ट्रकको पछाडि रौतहटबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुवाहक बस र सोही बसको पछाडि जनकपुरबाट काठमाडांैतर्फ आइरहेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको बस ठोक्किएको हो । दुबै बसका यात्रुहरुमा २५ जना सामान्य र आठजना मध्यमस्तरको घाइते भएकाले भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनापश्चात् अवरुद्ध सडक राति साढे २ बजे सुचारु गरिएको थियो । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिल थापा एवम् इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायव उपरीक्षक सुवास भट्ट र जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी प्रमुख एसपी गोविन्द पुरी स्वयम् नै राति घटनास्थलमा खटिएका थिए । बा.प्र.०३–००१ ख ३९०२ नम्बरको बस चालक धनुषाको शहीदनगर नगरपालिका–४ बस्ने वर्ष ४३ को कृष्ण मण्डल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् । अर्काे, प्रदेश ३–०३–००१ख ०१२३ नम्बरको बस चालक घाइते छन् । ट्रक चालक भने फरार रहेको जनाइएको छ ।

चितवन प्रहरीका अनुसार नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरुमा उदयपुरको त्रियुगा न.पा. १० बस्ने वर्ष २० को सार्थकबाबु श्रेष्ठ, धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बस्ने वर्ष ३९ को सदाकत मिया, जनकपुर–१७ कै वर्ष ५२ को नरेन्द्र साह, रौतहटको गौर न.पा.५ बस्ने वर्ष ४१ को मुकेशकुमार केसरी, जनकपुर–७ धनुषा बस्ने वर्ष १७ को समिर अन्सारी, महोत्तरीको पिपरा गा.पा.–१ बस्ने वर्ष ५० की गीतादेवी यादव हुन् । त्यसैगरी रौतहटको राजदेवी न.पा.१ बस्ने कृष्णकुमार साह, जनकपुर–१ बस्ने वर्ष ४६ को बसन्त झा, जनकपर–४ बस्ने वर्ष ४९ को मुकेश लाल कर्ण, जनकपुर–४ कै वर्ष ३४ की अन्जु कर्ण, जनकुपर–४ का आरुष कर्ण, महोत्तरीको पिपरा गापा–१ बस्ने वर्ष ३७  को राम श्रेष्ठ, रौतहट राजदेवी–१ बस्ने वर्ष २० को अनिकेत कुमार साह, रौतहट वृन्दावन न.पा. ३ बस्ने वर्ष ११ को आरभ मिश्र, धनुषा लक्ष्मिनिया गा.पा. ४ बस्ने वर्ष १९ को विधा चौधरी पनि घाइते छन् ।

नेशनल सिटी अस्पताल भरतपुरमा उपचारत घाइतेहरुमा धनुषाको  जलेश्वर–५ बस्ने वर्ष २० को आदित्यकुमार सिंह, जलेश्वर–५ नै ठेगाना उल्ल्ेखि गरिएकी वर्ष ४३ की रेखा सिंह, सोही स्थानकी २१ वर्षीया अञ्जली सिंह, भारतको मोतिहारी बस्ने वर्ष ३२ को सुनिलप्रसाद, भारत मोतिहारीकै वर्ष २५ की सुभद्रा कुमारी चौधरी, उतैकी ७ वर्षीया प्रिया जैसवाल, वर्ष ४ की कृति जैशवाल, जनकपुर–८ बस्ने वर्ष २८ को आलोककुमार राउत, रौतहटको राजदेवी न.पा.२ बस्ने वर्ष २१ को मोनुकुमार महतो, रौतहट गौर न.पा.९ बस्ने वर्ष ६६ की गम्भीरादेवी ठाकुर, रौतहटको गरुडा न.पा.७ बस्ने वर्ष ५० को विजय साह, रौतहटको गरुडा ७ मै बस्ने वर्ष ४० की उर्मिलाकुमारी साह र रौतहट वृन्दावन न.पा.३ बस्ने वर्ष ६२ की सुनितादेवी मिश्रा रहेको बताइएको छ ।

भरतपुर सरकारी अस्पतालमा उपचारत घाइतेहरुमा रौतहटको दुर्गाभगवती गा.पा.२ बस्ने वर्ष ३० को राजकिशोर दास, रौतहट दुर्गाभगवती गा.पा.२ कै वर्ष २५ को राजु दास, भारत मोतिहारी बस्ने वर्ष २२ को महमद साहेब, रौतहट माधवनारायण न.पा.५ बस्ने वर्ष १९ को रोशी कुमार साह, धनुषा लक्ष्मीनिया–४ बस्ने वर्ष १९ की दिव्या चौधरी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू