बालेन र सुदनका कतिपय कुरा खुल्दैछन् क्रमशः

बालेन र सुदनका कतिपय कुरा खुल्दैछन् क्रमशः

भदौ २३ को जेन–जी प्रदर्शन र भोलिपल्ट मच्चाईएको विध्वंशले राष्ट्रिय राजनीतिमा उथलपुथल ल्याइदियो । सडकको बलमा दुई तिहाइको शक्तिशाली सरकारलाई विस्थापित गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीको कुर्सीमा पुगिन् । तर,चर्चाको केन्द्रमा भने काठमाडौँ महानगरका मेयर बालेन्द्र साह छन् । 

देशमा यत्रो विध्वँश मच्चिंदा पनि बाहिर नदेखिएका र चुइङ्क्क नबोलेका बालेन्द्रकै योजनामा घटना घटाइएको दाबी धेरैले गरेका छन् । उनकै आह्वानमा युवाहरू सडकमा ओर्लिएको घटनाक्रमले पनि देखाउँछ । किनभने भदौ २३ गते १९ जनाको गोली लागेर निधन भएपछि तत्कालीन प्रम ओलीलाई ’तँ’ सम्बोधन गर्दै फेसबुकमा उग्र स्टाटस लेखेका उनले भोलिपल्ट सिंहदरबारमा आगो झोस्नेहरुलाई सम्बोधन गर्दै घर फर्किन अपिल गरेका थिए । जेन–जीहरूले जितेको घोषणा गर्दै राष्ट्रपतिलाई संसद विघटन गर्न निर्देशनसमेत दिएका थिए ।  

बालेन्द्रको मागअनुसार नै प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको छ । यस्तो स्थितिमा जेन–जी युवाहरूले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा तुहाएर प्रतिनिधिसभा विघटनको अडानमा उभिएका उनले के गर्लान् भन्ने धेरैलाई जिज्ञासा छ । कतिपयले नयाँ दल दर्ताको तयारीमा रहेको बताएका छन् ।

’हाम्रो नेपाली पार्टी’ बालेन्द्रकै योजनामा दर्ता गरिएको भन्नेहरू पनि छन् । २०८२ साउन ४ गतेसम्म आयोगमा दर्ता कायम रहेका दलहरूको सूचीको १०९ नम्बरमा यो पार्टीको नाम छ । २०७९ असार २९ गते दर्ता भएको पार्टी अनन्तराज घिमिरेका नाममा छ ।  

जेन–जी विध्वंशको ‘आर्किटेक्ट’ मानिएका बालेन्द्र फागुनमा तोकिएको मध्यावधि चुनावअघि नै दल दर्ता गरेर देशव्यापी लैजाने रणनीतिमा रहेको चर्चा यसअघि नै चलेको हो । उनको १५ सदस्यीय कोर टिमले यसमा गृहकार्य गरिरहेको दाबी स्रोतले गरेको छ । तर, प्रचलित कानुनअनुसार चुनावको मिति घोषणा भैसकेपछि दल दर्ता गर्न पाइँदैन । 

त्यसो त, निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको ’हाम्रो नेपाली पार्टी’ बालेन्द्रकै योजनामा दर्ता गरिएको भन्नेहरू पनि छन् । २०८२ साउन ४ गतेसम्म आयोगमा दर्ता कायम रहेका दलहरूको सूचिको १०९ नम्बरमा यो पार्टीको नाम छ । २०७९ असार २९ गते दर्ता भएको पार्टी अनन्तराज घिमिरेको नाममा छ । 

ललितपुर महानगरपालिका–२ सानेपामा केन्द्रीय कार्यालय रहेको उक्त पार्टीको चुनाव चिन्ह लौरो छ । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका बालेन्द्रको चुनाव चिन्ह पनि लौरो नै थियो ।

जानकार स्रोतका अनुसार बालेन्द्रको योजना र सल्लाहमै यो पार्टी आयोगमा दर्ता भएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरकलह चर्किएका बेला केपी शर्मा ओलीले महेश बस्नेतहरूमार्फत ’नेकपा एमाले’ नामक दल दर्ता गराएजस्तै सम्भावित अवस्थाको पूर्वानुमान गरेर बालेन्द्रले पार्टी दर्ता गराइराखेको दावी स्रोतले गरेको छ । 

यता, जेन–जी पुस्ताको आन्दोलन सफल भएपछि एकाएक अगुवा बनेर उदाएका सुदन गुरुङ्गको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्था (आइएनजिओ) पनि चर्चामै छ । संस्था एकपटक पनि नवीकरण भएको छैन, न साधारण सभा नै गरिएको छ । वर्षेनी नवीकरण र साधारण सभा गर्नुपर्ने कानुनी प्रावधान कुल्चिएर ६ वर्षदेखि यत्तिकै चलिरहेको संस्था दर्तामै कैफियत देखिन्छ ।

गत स्थानीय चुनावमा बालेन्द्रले लौरो चिन्हमा लड्नु,त्यतिबेलै ’हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनु अनि सुदनको संस्थाको नाम पनि सोही नामसँग मिल्दोजुल्दो देखिनु के संयोग मात्र होला त ? ३७ र ३८ बर्ष उमेरका बालेन र सुदन पर्दा अगाडि र पछाडि रहेर जेन जी आन्दोलनका नाममा मच्चाईएको विध्वंसको प्रारुप धेरै पहिलेदेखि बनाउन थालिएको एकपछि अर्को प्रमाण सार्वजनिक भैरहँदा यसले थप शंका उत्पन्न भएको छ । 

(नोट : समाचारमा यसअघि असम्बन्धित व्यक्ति र संस्थाको नाम असावधानीवश पर्न गएकाले संशोधन गरिएको छ ।)

टिप्पणीहरू