मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशको बराबरी

मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशको बराबरी

नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । शनिबार बेलुकी भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । अब दुई टोलीबीचको दोस्रो खेल भदौ २४ गते हुनेछ । उक्त खेलपनि बराबरीमा सकिएको खण्डमा दुई खेलको मैत्रीपूर्ण खेलको विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुनेछ । 
 

टिप्पणीहरू