रौतहटका रामप्रताप यादवको घरकी युवतीको रहस्यमय मृत्यु
गौर नगरपालिकाअन्तर्गत वडा नम्बर ५ निवासी पेटी ठेकेदार तथा द्वन्द्वकालमा माओवादी र प्रभु साह निकट रामप्रताप यादवको ललितपुर र गौरस्थित घरमा बाल्यकालदेखि काम सघाउन राखिएकी युवती पुनम महतो आज बिहान ४ बजे झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
हिजो बेलुका रामप्रतापसङ्गै बजारबाट तरकारी किनेर घर फर्किएकी अत्यन्त गरिब परिवारकी १८ बर्षिया पुनमले मध्यराति झुन्डिएर प्राण त्यागेको र शव पोस्टमार्टमकाका लागि अहिले अस्पताल लगिएको बताइन्छ ।
उनले राम्रो अक्षरमा लेखेर छाडेको सुसाइड नोटमा अर्को जुनीमा पनि आमाको साथ रहोस्,यस्ती भाउजू कसैलाई नपरुन्,कानुनी कार्वाही कसैलाई नगरियोस् भन्ने ब्यहोरा उल्लेख छ ।
मृत्युको सबै विवरण खुलिसकेको छैन । स्थानीय बासिन्दाले अप्रिय घटनाको आशंका गरेका छन् । रामप्रतापकी जेठी श्रीमती सुधा पनि झण्डै एक दशकदेखि लापत्ता छिन् । उनी हालकी पत्नी रिनाकुमारी रायकी फुपू हुन् ।
बिहारको सीतामढी माइत भएकी उनलाई सन्तान जन्माउन नसकेको भनी हेलाँ होचो हुँदै आएको रामप्रतापका दाइ शिवदयाल र ५ नम्बरका वडाध्यक्ष सुशंकर यादव बताउँछन् ।
टिप्पणीहरू