एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने जनाइएको छ ।
आगामी भदौ २० देखि २२ गतेसम्म हुन लागेको विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रतिवेदन सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकमा पेश गरिँदै छ ।
यता पार्टी संस्थापन पक्षका नेताहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सक्रिय हुन रोक्ने रणनीतिमा व्यस्त देखिन्छन् ।
टिप्पणीहरू