सुनचाँदी व्यवसायी आज पनि सडकमा

सुनचाँदी व्यवसायी आज पनि सडकमा

सुनचाँदी व्यवसायीहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।

सुनमा लगाइएको कर खारेजीको माग गर्दै उनीहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । 

नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आयोजनामा न्यूरोडमा जारी विरोध प्रदर्शनमा व्यवसायीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् । 

सुनचाँदी कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति, नियमावली एवं निर्देशिका निर्माण गर्नुपर्ने उनीहरुको माग छ । प्रदर्शनकारीहरुले ‘हाम्रा कुरा सुन्दे’, ‘चाहिएजति सुन दे’, ‘उपभोक्तामारा नियम चाहिँदैन’, ‘सरकार सुन दे’, ‘उच्च कर हटाउ’, ‘व्यापार बचाउँ’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।

प्रदर्शनको क्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दशरथरत्न बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेला सरकारले विलासिता कर लगाउनु अव्यवहारिक भएको बताए । विलासिता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

टिप्पणीहरू