नेपालले टस हार्यो, सोम्पाल र गुल्शन घाइते

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल नेदरल्यान्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार पौने ४ बजे शुरु हुँदैछ ।
जारी शृङ्खलामा उच्च फर्ममा देखिएको नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ । विकेट किपर ब्याट्सम्यान आसिफ शेख, दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना झा आजको म्याचमा बाहिर रहेका छन् ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार सोम्पाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले आजको खेल गुमाएका हुन् । आसिफलाई भने नियमित परिवर्तनको रुपमा बाहिर राखिएको हो । उनको ठाउँमा अनिल साहले मौका पाएका छन् ।
त्यसैगरी, सोमपाल र गुल्शनको स्थानमा क्रमश: नन्दन यादव र बसिर अहमदलाई प्लेइङ्ग ११ मा राखिएको छ ।
टिप्पणीहरू