कर्मचारीको भेषमा चौकीमा फोन गरेर धाकधम्की

कर्मचारीको भेषमा चौकीमा फोन गरेर धाकधम्की

आफूलाई गृह मन्त्रालयको कर्मचारी बताउने एक जना पक्राउ परेका छन् । पाल्पाको नैनादेवी गाउँपालिका-७ घर भई हाल काठमाडौँको नक्साल बस्दै आएका ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

रायमाझीले आफू गृह मन्त्रालयको कर्मचारी भएको भन्दै विभिन्न प्रहरी चौकीहरुमा फोन गरेर अनावश्यक काममा गर्न निर्देशन तथा धम्की दिएको बताइएको छ । तर, उनको फोन संवादमा शंका लागेपछि प्रहरीले गृह मन्त्रालयमा सोधपुछ गरेकोमा उनी त्यहाँको कर्मचारी नभएको प्रमाणित भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उनी नक्सालस्थित प्रहरी हेडक्वार्टरकै नजिक डेरा गरी बस्दै आएको बुझिएको छ । थप अनुसन्धानको लागि अहिले उनलाई काठमाडौँ प्रहरी परिसर पठाइएको छ ।

टिप्पणीहरू