धनुषामा विशाल भण्डारासहित तीन दिने महासभागम

धनुषामा विशाल भण्डारासहित तीन दिने महासभागम

परमेश्वर कबीर साहेबजीको प्रकट दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका–२, बेलचापीमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ ।  जेठ २६ देखि २८ गतेसम्म तीन दिवसीय महासभागमको कार्यक्रम तय भएको बताइन्छ ।

महेन्द्रनगर पुलदेखि पश्चिमतर्फको सतलोक आश्रममा हुने कार्यक्रममा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजले निःशुल्क मन्त्रदीक्षा सिकाउने छन् । आयोजकका अनुसार सो अवसरमा तीन दिवसीय अखण्ड पाठ, विशाल भण्डारा, दाइजोमुक्त विवाह, रक्तदान शिविर, विशाल सत्संग समारोह पनि हुनेछ । कार्यक्रममा मधेश प्रदेशका मन्त्रीलगायत विशिष्ट व्यक्तिहरुले उपस्थिति जनाउने जानकारी दिइएको छ । 

आश्रमले हरेक वर्ष छ पटक यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । जेठमा कबीर प्रकट, भदौमा अवतरण दिवस, कात्तिकमा दिव्य धर्मयज्ञ, माघमा निर्वाण दिवस, फागुनमा सन्तपालजी बोध दिवस र गरिबबोध दिवस मनाउने गरिन्छ ।  गत माघ २४ देखि २६ गतेसम्म निर्वाण दिवस र फागुन ३ देखि ५ गतेसम्म बोध दिवसको आयोजना गरिएको थियो ।

टिप्पणीहरू