चीनको सीमावर्ती जिल्लामा एमाले चलायमान

चीनको सीमावर्ती जिल्लामा एमाले चलायमान

‘१३ महिनासम्म कार्यविभाजन नगरेर पार्टी गतिविधि लगभग शून्य भएको अवस्था थियो, वैशाख २७ गतेको बैठकले एकैपटक ४२० भोल्टको ऊर्जा थपेको छ,’ एक पदाधिकारीले बताए । 

उनले भनेजस्तै गत संघीय र प्रदेश निर्वाचनमा सोत्तर भएको एमाले (प्रत्यक्षतर्फ २ संघ र ४ प्रदेश सभामा उपस्थिति शून्य) आजको दिनसम्म राम्रोसँग बौरिनसमेत सकेको छैन । तत्कालीन जिल्ला अध्यक्ष कमल नेपालले निर्वाचन जित्ने अवस्थामा समेत मैदान छाडेका थिए । उनको नामको टिकट नेपाल प्रहरीको फरार सूचीमा रहेका युद्धविक्रम तामाङ (डिबी) को हातमा पुगेको थियो ।

कांग्रेस–माओवादी गठबन्धनकी मसिना खड्काले १४६६७ मत ल्याउँदा, डिबीले १३४६६ मत ल्याएर कडा चुनौती दिएका थिए । निर्वाचन ताका फरार रहेका तामाङको मनोनयन दर्ता गर्ने इन्द्रावती–५ का वडाध्यक्ष तथा अधिवक्ता शशिनाथ आचार्य हुन् । 

सिन्धुपाल्चोकमा २ क्षेत्र, ४ प्रदेश, १२ पालिका, १०३ वडा तथा विभिन्न जनसंगठनको इञ्चार्ज/सहइञ्चार्ज तोकेपछि पार्टी गतिविधि ह्वात्तै माथि उठेको एक नवनियुक्त सचिवालय सदस्यले जानकारी दिए । 
 

टिप्पणीहरू