अस्पतालमा करोडौँ डुबाएर सञ्चालक अलप

अस्पतालमा करोडौँ डुबाएर सञ्चालक अलप

– यदुनाथ बञ्जारा

केही वर्षअघिसम्म गण्डकी प्रदेश कै गनेमानेको चरक एकेडेमी प्रालि यतिखेर व्यवस्थापन पक्षको अकर्मण्यताका कारण  संकटमा छ । क्लिनिकल अभ्यासका लागि भाडाको अस्पतालसँग सम्झौता गरेर चलाइएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी भएपछि २ वर्षभित्र आफ्नै सय शैयाको जनरल अस्पताल हुनै पर्ने भयो । २ एकेडेमी बचाउनु फलामको च्युराजस्तै असम्भव देखिएपछि सय शैयाको कास्की सेवा अस्पताल किन्ने निश्कर्ष आयो ।

 सेवा अस्पताल र चरक एकेडेमीबीच २०७८/१०/१८ गते सम्पन्न एम ओ युबमोजिम १ महिनाभित्रै अर्थात् २०७८÷११÷११ गते चरक एकेडेमी प्रालिले कास्की सेवा अस्पतालको सतप्रतिशत शेयर किनबेचको निर्णय भयो र, चरक एकेडेमी बन्द हुनबाट जोगियो । २०७८ माघ १९ गतेको लिखित सम्झौताअनुसार अस्पतालको आ ब २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनमा देखिएको वासलातबमोजिम दायित्वलाई आधार मानी १ वर्षभित्र दिन–लिन पर्नेमा साढे तीन वर्ष बितिसक्दा पनि दायित्व कार्यान्वयन भएको छैन ।

चरक एकेडेमी प्रालिमा ५० जना शेयर सदस्य छन् । तीमध्येबाट ७ जनाको सञ्चालक समिति बनाइएको छ । रोटरियन डिस्ट्रिक्ट गभर्नरसमेत भएका योगेन्द्रलाल प्रधान अध्यक्ष छन् भने गण्डकी प्रदेशका पूर्व सांसद तथा युवा संघ नेपालका इञ्चार्ज राजीव पहारी सदस्य छन् । यस्तै, बोर्ड सदस्यमा डम्बरबहादुर श्रेष्ठ, विनोद कायस्थ, माया लामा, अनुप बाँस्तोला र ऋषि सापकोटा रहेका छन् ।

कम्पनी चलाउन असफल भएपछि सञ्चालकहरू शेयर बिक्री गरेर बाटो लाग्न थालेको पाइएको छ । बोर्ड सदस्यहरूले शेयर सदस्यलाई साधारण विशेष साधारणसभा केही नराखी आ–आफू शेयर बेचेर जिम्मेवारीबाट अलग्गिन थालेका छन् । यस्तो कामको नेतृत्व अध्यक्ष योगेन्द्रलाल प्रधानले गरेको पाइएको छ । उनीलगायत विनोद कायस्थ, माया लामा र डम्बरबहादुर श्रेष्ठले रु. १०० को शेयर रु. ६० मा गण्डकी मेडिकल कलेजलाई बिक्री गरेका छन् । 

चिकित्सक कर्मचारीको तलब, सप्लायर्सको भुक्तानी, अस्पतालको घरभाडा, शेयर फिर्ता र ऋणसमेत गरी १५ करोड रुपैयाँभन्दा बढी नब्यहोरी कम्पनी चलाउने दायित्व लिएका सञ्चालकहरूले कौडीको मूल्यमा शेयर बेचेर उम्कन खोज्नुलाई बिडम्बना मानिएको छ । 

डाक्टरहरू मुद्दाम

एमाले नेता तथा युवा संघ नेपालका इञ्चार्ज राजीव पहारी सञ्चालक रहेको उक्त अस्पतालमा कार्यरत चिकित्सक पारिश्रमिक नपाएको भन्दै श्रम अदालत र न्यायिक समितिमा मुद्दा हाल्न बाध्य भएका छन् । त्यहाँ कार्यरत २ दर्जन बढी चिकित्सक कर्मचारीले पारिश्रमिक पाएका छैनन् । तीमध्ये तीन जना चिकित्सकले पोखरा महानगरपालिकाको न्यायिक समितिमा मुद्दा दिएका छन् । मुद्दामा पारिश्रमिक दिने फैसला भएको तर नपाएको डाक्टर सरोज पोखरेलले बताए । 

 

टिप्पणीहरू