चराले गुँड लगायो, टावर निर्माणलाई अवरोध

चीनले दिगो विकासका लागि वातावरण र पर्यावरणलाई पनि उत्तिकै महत्व दिन थालेको छ । निर्माणाधीन विद्युत प्रशारण टावरमा एउटा प्रजातिको सारसले गुँड लगाएर बच्चा कोरल्न थालेपछि निर्माण कार्यमा रोक लगाइएको छ ।
आन्हुई प्रान्तको हुओछिउ काउन्टीमा मे महिनाको शुरुमा मजदुरहरुले निर्माणाधीन टावरमा ओरिएन्टल सेतो सारसले गुँड लगाएको र बच्चा कोरल्न लागेको देखे । सिन्ह्वा समाचार समितिका अनुसार ती मजदुरले त्यसबारे सम्बन्धित निर्माण कम्पनीलाई जानकारी गराएपछि सम्बन्धित निकायले उक्त टावरको निर्माण रोक्न आदेश दिएको छ ।
सेतो सारस चीनमा उच्च संरक्षित चरा हो । चरा जोगाउन स्टेट ग्रिड आन्हुई इलेक्ट्रिक पावर कम्पनी लिमिटेडले गुँड नजिकै हाई डेफिनिसनका क्यामेराहरू जडान गरेको छ । ती चराको सुरक्षामा केही कर्मचारी नै खटाइएको छ । गुँडबाट बच्चा ठूलो भएर नउडेसम्म त्यस्ता प्रशारण टावरको काम रोक्न भनिएको छ ।
तस्बिरहरु
टिप्पणीहरू