रविलाई छुटाउन निकिता फेरि पुगिन् सर्वोच्च
सहकारी ठगी र संगठित अपराधको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उनलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै श्रीमती निकिता पौडेल लामिछानेले आज निवेदन दर्ता गराएकी हुन् । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि भोली पेशी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
निवेदनमा रविले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको दाबी गरेका छन् । यसअघि उनले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्चमै अर्को निवेदन दिएका थिए ।
उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउने आदेश गरिसकेको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रवि जेल परेका हुन् ।
सो मुद्दामा जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउन भनेबमोजिम लगत्तै बूढानिलकण्ठस्थित निवासबाट समातिएका रवि अहिले भैरहवा कारागारमा छन् ।
टिप्पणीहरू