पशुपतिको शिवलिंगसँगै बुद्ध मुकुट

पशुपतिको शिवलिंगसँगै बुद्ध मुकुट

पशुपतिनाथ मन्दिरभित्र आज बुद्ध मुकुट राखिँदैछ । मध्यान्ह १२ बजे शिवलिंगसँगै बुद्ध मुकुट राखेर क्षमा पूजा गर्न लागिएको जानकारी दिएको छ ।

परपूर्वकालमा शिवभक्त एक राजाले  सबै जनतालाई पशुपतिमा हुने शिवरात्रीमा अनिवार्य सहभागी हुन आदेश जारी गर्दै यो प्रचलन शुरु गरेको बताइन्छ । पूजामा सबै आए पनि एक जना महान साधक विरूपाक्षे नआएपछि राजाले विरूपाक्षेलाई उक्त पूजामा नआउनुको कारण सोधेको धार्मिक मान्यता छ ।  

जवाफमा विरूपाक्षेले आफु त्रिरत्न बुद्धको शरणमा गइसकेको एक साधक भएकाले पूजामा सहभागी नभएको र पूजामा सहभागी भए शिवलाई नै अनिष्ठ हुनसक्ने बताएका थिए । राजाले हाँस्दै भने, ‘लौ कस्तो अनिष्ठ हुन्छ हामी पनि हेरौं न भन्दै विरूपाक्षेलाई शिवलिङ्ग ढोग ।’  

राजाको आदेशपछि विरूपाक्षेले शिवलिङ्गल ढोगे र ढोग्ने बितिकै शिवलिङ फुटेर टुक्रा टुक्रा भएको मान्यता छ । त्यसपछि राजाले विरूपाक्षेलाई हात जोडेर आफ्नो गल्तीलाई माफ गरि दिन र फुटेको शिवलिङ पुन जोड्न आग्रह गरे । 

विरूपाक्षेले पनि आफ्नो साधनाबाट फुटेको शिवलिङ्ग जोडिदिए र राजासँग बिदा मागेर हिँडे । त्यसपछि राजाले पनि सोही दिनदेखि शिवरात्रीमा कुनै अनिष्ठ नहोस भनेर बुद्धको प्रतिकलाई पशुपतिमा पुर्याएरु क्षमापूजाको प्रचलन शुरू गरेको धार्मिक मान्यता छ ।

टिप्पणीहरू