शीतल निवासमा चार राजदूतको शपथ

शीतल निवासमा चार राजदूतको शपथ

विभिन्न चार देशका लागि नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

आज शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतहरुलाई शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव राजदूत नियुक्त भएका थिए  ।

टिप्पणीहरू