न्याय सेवाका २७ कर्मचारीको सरुवामा को कहाँ ?

न्याय सेवाका २७ कर्मचारीको सरुवामा को कहाँ ?

न्याय सेवाका केही कर्मचारीको सरुवा भएको छ । न्याय सेवा आयोगको हिजोको बैठकले कानून समूहका दुई उपसचिव, सरकारी वकील समूहका एक उपन्यायाधिवक्ता र तीन जना शाखा अधिकृतको सरुवा गरेको छ ।

सरुवामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव निधिराज न्यौपानेको नेपाल कानून आयोगमा सरुवा भएको छ । उनको ठाउँमा गण्डकी प्रदेश सभा सचिवालयका उपसचिव उत्तम गौतमलाई लगिएको छ । 

त्यस्तै, उच्च सरकारी वकिल कार्यालय दिपायलका उपन्यायधिवक्ता धर्मराज जोशीलाई जिल्ला सरकारी वकिल कार्यालय, भोजपुरमा न्यायाधिवक्ताको रुपमा सरुवा गरिएको छ । सहकारी विभागमा कार्यरत कानून अधिकृत सीता घिमिरे स्वास्थ्य सेवा विभाग र विभागका कानून अधिकृत सुरेशप्रसाद चौलागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । 

कर्णालीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी कानून अधिकृत शर्मिला विककोसोही प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ । आयोगले लोकसेवा परीक्षाबाट पास भएर आएका २१ जना नयाँ उपसचिवको पनि नियुक्ति र पदस्थापन गरेको छ । 

जसअनुसार सविनराज पाण्डे, विष्णुप्रसाद पौडेल, दीपिका थापामगर, सन्जित गौतम, अमृता बोगटी र राजनप्रसाद सुवेदी उपरजिस्ट्रारको रुपमा सर्वोच्च अदालतमा नियुक्त भएका छन् । रोदिप सुनामको भने इजलास अधिकृतको रुपमा सर्वोच्चमा पदस्थापन भएको छ । 

सुशिला अधिकारी गण्डकी प्रदेशसभा सचिवालयमा र दिपेशप्रताप साहको उच्च सरकारी वकिल कार्यालय दिपालयमा उपन्यायाधिवक्ताका रुपमा पदस्थापन भएको छ । नवीनकुमार यादव, शिवप्रसाद आचार्य, विष्णुप्रसाद पनेरु, वसन्तराज पाध्याय, सृजना गौतम, हरिसचन्द्र सिंह ठकुरीको इजलास अधिकृतको रुपमा सर्वोच्चमा पदस्थापन हुँदा स्वेता भट्टराई उपरजिस्ट्रार भई नियुक्त भएकी छन् । 

मदनप्रसाद शिवाकोटीको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पदस्थापन भएको छ भने गीता सापकोटालाई इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा खटाइएको छ । तुलबहादुर खड्का, एकराज चौलागाई र रक्षा ज्ञवालीलाई भने न्यायाधिवक्ताको रुपमा क्रमशः जिल्ला सरकारी वकिल कार्यालय बाजुरा, कालिकोट र बझाङमा लगिएको छ ।

टिप्पणीहरू