परराष्ट्र सचिव चीनमा, स्वास्थ्य सचिव जर्मनीतर्फ

परराष्ट्र सचिव चीनमा, स्वास्थ्य सचिव जर्मनीतर्फ

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल चीन जानुभएको छ । उहाँ पाँचौं चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा सहभागी हुन आज बिहान त्यसतर्फ जानुभएको हो । 

सहसचिव कृष्णप्रसाद ढकालसहित दुई सदस्यीय टोली सिचुवान एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै बिहान पौने १२ बजे त्यसतर्फ गएको बताइएको छ । सचिव लम्साल नेतृत्वको टोली आगामी शनिबार दिउँसो काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. टंकप्रसाद बाराकोटी जर्मनी जानुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा हिजो बेलुकी दोहा हुँदै त्यसतर्फ जानुभएको हो ।

टिप्पणीहरू