स्याङ्जाको आगलागीमा घाइते पिताम्बर बिते

स्याङ्जाको आगलागीमा घाइते पिताम्बर बिते

स्याङ्जाको बिरुवामा चैत २६ गते भएको आगलागीमा परेका धराजी गाउँका ३२ वर्षे पिताम्बर बिकको ज्यान गएको छ ।

खरबारीको आगो निभाउने क्रममा घाइते भएका बिकको २८ गतेदेखि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा आज बिहान साढे १० बजेको समयमा उनको निधन भएको बताइएको छ ।आजै भोटाहिटीमा भएको आगलागीमा झण्डै तीन लाख रुपैयाँको क्षति भएको छ ।

जनार्दनकृष्ण श्रेष्ठको आठ तले पक्की घरमा लागेको आगोमा काभ्रेका राजकुमार चौलागाईले सञ्चालन गरेको खाजा पसल जलेको हो । खाना पकाउने ग्यास पड्केर भएको आगलागीमा मानवीय क्षति नभए पनि खाजा घरका सबै सामान जलेको छ ।

टिप्पणीहरू