बर्दिया हिँडेका अछामका ढकाल दम्पत्ति मोटरसाइकल दुर्घटनामा बिते

बर्दिया हिँडेका अछामका ढकाल दम्पत्ति मोटरसाइकल दुर्घटनामा बिते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

मोहन्याल गाउँपालिकास्थित सडकमा हिजो साँझ भएको दुर्घटनामा अछामका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको हो । भे१३प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

ढकाल दम्पत्ति अछामबाट बर्दियाको भुरीगाउँ जान लागेको बताइएको छ ।
 

टिप्पणीहरू