झापामा आगलागी, कुखुरा र पराल जलेर खरानी

झापामा आगलागी, कुखुरा र पराल जलेर खरानी

झापाको एक कुखुरा फर्ममा आगलागी हुँदा लाखौँ मूल्यबराबरको धनमाल जलेर खरानी भएको छ । 

कनकाई नगरपालिका–५ तुलशीबारीस्थित छविलाल आचार्यको कुखुरा फर्ममा गएराती लागेको आगोले एक हजार बोईलर कुखुराका चल्ला, दुई सय ४० केजी दाना, तीनसय केजी मकै, दश मन धान, टिनको टहरोलगायतका सामान जलेर नष्ट भएको हो । 

यस्तै, झापाकै बिर्तामोड नगरपालिका–८ सुक्रराज टोल बस्ने दुर्गा देवीको ढकालको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । 

हिजो दिउँसो आगलागी हुँदा गोठ, गलैंचा बनाउने ऊन, पराल जलेर करिब चार लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । 

दुवै आगलागीको कारण हालसम्म नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू