भारतीय सांसद नयाँ दिल्ली फर्के, नेपाली माननीय काठमाडौं
भारत गएका सांसदहरु स्वदेश फर्केका छन् । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरे, जसपाका प्रमुख सचेतक प्रदीप यादव र नेता राजकिशोर यादव नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हुन् ।
उनीहरु नेपाल वायुसेवा निगमको उडानमा हिजो साँझ ७ बजे काठमाडौं आएका थिए । यता नेपाल भ्रमणमा आएका भारतीय सांसद नयाँ दिल्ली गएका छन् । लोकसभाका सांसद सञ्जय जैसवाल एअर इण्डियाको उडान नम्बर एआई २१६ मा अपरान्ह ४ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् ।
टिप्पणीहरू