हेटौंडामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको निधन भएको छ । स्थानीय पानीस्वाँरामा भएको दुर्घटनामा चालक र अर्का एक जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । 

मृत्यु हुनेमा ट्याक्टर चालक बाराको निजगढ नगरपालिका १३ का २६ वर्षीय डिलम थिङ र पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ हुन् । मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर भीरबाट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू