भारतीय बसको ठक्करबाट मोटरसाइकल चालकको निधन

भारतीय बसको ठक्करबाट मोटरसाइकल चालकको निधन

रुपन्देहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । बसको ठक्करबाट गैडहवा गाउँपालिका–९ बस्ने ३० वर्षीय विशाल शर्माको निधन भएको बताइएको छ । 

आज दिउँसो मायादेवी गाउँपालिका–४, सेमरीमा यूपी ५६ एटी ६७२६ नम्बरको बसले लु.५३ प ५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

तत्काल उपचारार्थ भैरहवास्थित भीम अस्पताल पुर्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

टिप्पणीहरू