क्रिकेटको महाभिडन्त: अस्ट्रेलियाले टस जित्यो, भारतले शुरुमा ब्याटिङ गर्ने

क्रिकेटको महाभिडन्त: अस्ट्रेलियाले टस जित्यो, भारतले शुरुमा ब्याटिङ गर्ने
सुन्नुहोस्

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ । अस्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको हो । 

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार सवा २ बजे खेल शुरु हुनेछ ।  पाँच पटकको विश्व विजेता अस्ट्रेलिया र दुईचोटी उपाधि जितेको भारतबीचको यो प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । 

प्रतियोगितामा अविजित रहँदै फाइनल पुगेको भारत निकै लयमा देखिन्छ । अस्ट्रेलियाले पनि शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुँदै फाइनलमा स्थान बनाएको हो ।
 

टिप्पणीहरू