जी २० सम्मेलनस्थल बाहिर विश्वकै अग्लो नटराजाको मूर्ति

जी २० सम्मेलनस्थल बाहिर विश्वकै अग्लो नटराजाको मूर्ति

भारतमा भोलिदेखि जी २० सम्मेलन हुँदैछ । विश्वका विकसित अर्थतन्त्र भएका मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता रहने सम्मेलनको आवश्यक तयारी पूरा भएको जनाइएको छ ।

राजधानी नयाँ दिल्लीका सडक, सार्वजनिक स्थललाई आकर्षक ढंगले सजाइएको छ । सोही क्रममा सम्मेलनस्थल भारत मण्डप बाहिर विश्वकै सबैभन्दा अग्लो नटराजाको मूर्ति राखिएको छ । यो आठवटा धातुको सम्मिश्रण अर्थात् अष्टधातुबाट बनाइएको हो ।

नटराजाको मूर्तिलाई भारतमा ऊर्जा, शक्ति र नयाँ सिर्जनाको प्रतिकको रुपमा लिइन्छ । भगवान शिवको नृत्य मुद्रालाई नटराजा मानिने उक्त मूर्तिको उचाई २७ फिट र तौल १८ टन रहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार उक्त मूर्ति मूर्तिकार राधाकृष्ण स्थापथी र उनको समूहले सात महिना लगाएर बनाएको हो । तमिलनाडु राज्यको थान्जावुर जिल्लास्थित स्वामीमलाईमा निर्माण गरिएको मूर्तिलाई नयाँ दिल्लीस्थित भारत मण्डपमा सजाइएको हो ।

टिप्पणीहरू