कांग्रेस नेतामाथि खुकुरी हान्ने व्यक्तिलाई राप्रपाले नचिन्ने
राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीमा आवद्ध नरहेको बताएका छन् ।
हिजो भृकुटीमण्डपमा नेता यादवमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । लगत्तै पक्राउ परेका उनले 'राजसंस्था जिन्दावाद' भन्दै नारा लगाएका थिए । राजावादी भनिएका उनी राप्रपाका कार्यकर्ता रहेको चर्चा चलेपछि आज प्रतिनिधिसभा बैठकमा राणाले सापकोटा आफ्नो पार्टीको कार्यकर्ता नभएको प्रष्ट पारेका हुन् ।
राप्रपाले हिंसाको राजनीतिमा विश्वास नराख्ने बताउँदै उनले आक्रमणकारीलाई कानुनी कारवाही गर्न मागसमेत गरेका छन् । आफूलाई अभियन्ता बताउने सापकोटाले रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर त्यहाँबाट निस्कँदै गर्दा यादवलाई ताकेर खुकुरी हानेका थिए ।
टिप्पणीहरू