राष्ट्रियसभामा पनि एमालेको अवरोध उस्तै

राष्ट्रियसभामा पनि एमालेको अवरोध उस्तै

एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको राजीनामा मागेर प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभामा पनि बिरोध गरेको छ । 

आज बसेको राष्ट्रियसभा बैठकमा एमालेका सांसदहरु उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिनुभयो । त्यसपछि दाहालले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरे । 

उनले गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर पनि गरेका छन् । तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन नगरेकाले गृहमन्त्रीको संलग्नताबारे आशंका उठेको दाहालको भनाई छ । 

यस प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि उनले माग गरेका छन् । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रियसभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ । 

यहि विषयलाई लिएर एमालेले हिजो प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।
 

टिप्पणीहरू