एमालेले पहिले जवाफ माग्ने चित्त नबुझे अवरोध गर्ने

एमालेले पहिले जवाफ माग्ने चित्त नबुझे अवरोध गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । आज दिउँसो बसेको संसदीय दलको बैठकले एअरपोर्टबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको धारणा माग्ने निर्णय गरेको हो ।

गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । 

यसअघि एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी गरेको भनिएपनि संसदीय दलको बैठकले भने त्यस्तो निर्णय नगरेको बताइएको छ । सांसद रघुजी पन्तले सुन तस्करीको जडसम्मै पुगेर गम्भीरतापूर्वक अनुसन्धान गर्न र त्यसमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनपर्नेमा सरकारले त्यसअनुसार अनुसन्धान अघि नबढाएको बताए । 

यसबारे सरकारको जवाफ माग्ने र चित्तबुझ्दो जवाफ नआए संसदमा सोहीअनुरुप प्रस्तुत हुने उनको भनाई छ ।

टिप्पणीहरू