आलीमा झण्डा गाढेर एमालेका माननीय हिलोमा पसे
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा पनि धान रोपाईंमा सहभागी भएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा बाँस्कोटा पनि रोपाईं कार्यक्रममा सामेल भएका हुन् । पाइन्ट लगाएर धान रोप्न हिलोमा पसेका बाँस्कोटाको रोपाईंको फोटो सामाजिक सञ्जालमा राखिएको छ । फोटोमा खेतको आलीमा पार्टीको झण्डा गाढेर उनीसहितका किसानहरु रोपाईंमा व्यस्त देखिन्छन् ।
असार १५ गते देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी धान दिवस मनाउने गरिएको छ । तर, पछिल्ला वर्षमा धान दिवस औपचारिकतामा मात्र सीमित हुँदा रोपाईंको महत्वसमेत घट्दै गएको छ । पर्याप्त वर्षा र सिचाइँ, मलको अभावलगायतले धान उत्पादन बढ्न सकेको छैन ।
https://www.facebook.com/reel/1015783742913370
टिप्पणीहरू