भारतीय प्रधानमन्त्री पुगे रेल दुर्घटनास्थल

भारतीय प्रधानमन्त्री पुगे रेल दुर्घटनास्थल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गए राति भएको भयंकर रेल दुर्घटनास्थलमा पुगेका छन् । मोदी केही बेरअघि दुर्घटनास्थल उडिसा राज्यको बालासोर पुगेर उद्धार र घटनाको जानकारी लिएको बताइएको छ ।

हिजो राति ८ बजेको समयमा भएको रेल दुर्घटनामा मारिनेको संख्या तीन सय पुगेको छ । नौ सयभन्दा बढी घाइते भएको इण्डिया न्युजले जनाएको छ । दुई वटा यात्रुवाहक र एउटा मालवाहक रेलका डिब्बा ठोक्किँदा उक्त भीषण दुर्घटना भएको हो ।

टिप्पणीहरू