रोगबाट थलिएका ७ वर्षे बालक अब्बल खेलाडीको सुरसारमा

स्रोत : सिन्ह्वा ।

चीनमा एक जना ७ वर्षे बालक छोटो समयमा प्रख्यात भएका छन् । दक्षिण चीनको क्वाङ्सी चुवाङ प्रान्तका लिउ चिनहानलाई एकाएक खेल क्षेत्रमा मुलुकभर उदाउँदो खेलाडीको रुपमा लिन थालिएको छ ।

उनी दुई वर्षको व्यायामपछि राष्ट्रियस्तरको रोप जम्पिङ प्रतियोगितामा अब्बल साबित भएको बताइन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार शरीरको मासु (मसल) कडा हुने रोग हाइपरटोनियाबाट ग्रसित उनी अहिले आशालाग्दो खेलाडीमा परिणत भएका हुन् ।

पुनस्र्थापना केन्द्रमा उनलाई शरीरको मासु नरम र लचकदार बनाउन व्यायाम सिकाइएको थियो । दुई वर्षको अभ्यासपछि उनी अहिले डोरी नाघ्ने प्रतियोगितामा निरन्तर भाग लिइरहेका छन् ।

अभिभावकहरुको सहयोग र आफ्नो अथक प्रयासपछि बालक लिउले दुई वटा उपाधी हात पारिसकेका छन् ।

 

टिप्पणीहरू