दुई छोरालाई विष खुवाएर आफूले पनि पिएकी महिला सिकिस्त, १८ महिने शिशु रहेनन्

दुई छोरालाई विष खुवाएर आफूले पनि पिएकी महिला सिकिस्त, १८ महिने शिशु रहेनन्

मकवानपुरको हेटौंडामा एक महिलाले दुई छोरासहित आफूले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।

प्रहरीका अनुसार बुधबार साँझ हेटौँडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् । 

झार मार्ने विषादी प्याराक्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । 

साथै, आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

टिप्पणीहरू