यूएइलाई हराउँदै नेपाल एसिया कपमा छनोट

यूएइलाई हराउँदै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ । 

वर्षाले बिथोलिएको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै प्रिमिएर कपको उपाधिसँगै नेपालले एसिया कपमा स्थान बनाएको हो । 

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको हो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
 

टिप्पणीहरू