श्रीलंकाका थप न्यायाधीशको काठमाडौं आगमन, माल्दिभ्सका पनि तीन जना

श्रीलंकाका थप न्यायाधीशको काठमाडौं आगमन, माल्दिभ्सका पनि तीन जना

भोलिदेखि हुने तीन दिने क्षेत्रीय सम्मेलनमा भाग लिन विभिन्न मुलुकका न्यायाधीशहरु काठमाडौं आइपुग्ने क्रम जारी छ । आज दिउँसो श्रीलंकाको राजधानी कोलम्बो हुँदै श्रीलंका र माल्दिभ्सका चार जना न्यायाधीशहरु काठमाडौं आएको बताइएको छ ।

श्रीलंकाको उच्च अदालतका न्यायाधीश श्रीमती सी मिगोदा श्रीलंका एअरलाइन्सको उडानमा दिउँसो पौने २ बजे काठमाडौं आइपुगेकी हुन् ।

सोही उडानमा माल्दिभ्सको सर्वोच्च अदालतका न्यायाधीश उज अलि रसिद हुसेन, उच्च अदालतका उजा धिवानाज फामी र नागरिक अदालतका उजा मारियम वाहिद पनि काठमाडौं आएको बताइएको छ ।

यसअघि पाकिस्तानको सर्वोच्च अदालतका न्यायाधीश याह्या अफ्रिदी हिजो राति १० बजे पाकिस्तानबाट युएईको सारजाँह हुँदै काठमाडौं आएका हुन् । 

हिजो बिहान भारतका, मध्यान्ह श्रीलंकाको सर्वोच्च अदालतका एक जना र बंगलादेशको सर्वोच्च अदालतका न्यायाधीशहरु पनि काठमाडौं आएका थिए । राजधानीमा भोलिदेखि शुरु हुने तीन दिवसीय जंगल, संरक्षित क्षेत्र र न्यायालय सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिन छिमेकी मुलुकका न्यायाधीशहरु आइपुगेका हुन् ।

हिजो बिहान काठमाडौं आइपुगेपछि पोखरा गएका भारतीय न्यायाधीश मुथुसामी मीनाक्षी सुन्दरेश श्रीमती र एक जना रष्ट्रिारसँगै आज बिहान राजधानी फर्किसकेका छन् । कार्यक्रम काठमाडौं, बौद्धस्थित हायात होटलमा हुँदैछ ।
 

टिप्पणीहरू