आन्दोलनकारी महिलाहरू राजमार्गमा लम्पसार

सुनसरीको इनरुवामा आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ । लघुवित्त संस्थाहरुको विरोधमा सडकमा उत्रिएका पीडित र प्रहरीबीच झडप भएको हो । 

आज दिउँसो तीन घण्टा सडक अवरुद्ध पारेपछि प्रहरीले खुलाउने क्रममा आन्दोलनकारीसँग झडप भएको हो । सुरक्षाकर्मीहरुले सडक खुलाउन थालेपछि आन्दोलनकारीहरुले ढुङ्गामुढा गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएको बताइन्छ । 

आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्गको इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेन । आन्दोलनकारीहरु बिहानैदेखि सडकमा सुतेका थिए । अधिंकाश महिलाको सहभागिता रहेकाले प्रहरीले लामो समय संयमता अपनाएको बताइन्छ ।

टिप्पणीहरू