एसियन पारा गेम्सको काउण्टडाउन थालियो

भिडियाे : सिन्ह्वा

चीनको हाङ्चौ शहरमा हुने ‘एसियन पारा गेम्स’ का लागि प्रतियोगितास्थल छनोट गरिएको छ । आयोजक पक्षले प्रतियोगिताका लागि १९ खेलकुदस्थल तयार पारेको घोषणा गरेको छ । तीमध्ये १७ वटा स्थल प्रयोग गरिने आयोजकले जनाएको छ । 

अक्टोबर २२ देखि २८ सम्म हुने खेल महोत्सवको निम्ति अब दुई सय दिन मात्र बाँकी छ । 

प्रतियोगितामा पाँच सय ६४ विधाका २२ खेल हुनेछन् । पोहोर सम्पन्न हुनुपर्ने ‘एसियन पारा गेम्स’ कोरोना महामारीका कारण स्थगित भएको थियो । चीनको व्यापारिक शहर सांघाईबाट दुई सय किलोमिटरको दूरीमा रहेको हाङ्चौमा ठूला र आकर्षक रंगशाला बनाइएका छन् ।

पारागेम्स फरक क्षमता भएका खेलाडीबीच हुने प्रतियोगिता हो ।

टिप्पणीहरू