मन्त्रिमण्डल विस्तारअघि बालुवाटारमा बैठक,विनोद चौधरीको नाम बाहिर

मन्त्रिमण्डल विस्तारअघि बालुवाटारमा बैठक,विनोद चौधरीको नाम बाहिर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट विस्तारअघि सत्ता घटकका नेताहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको हो ।मन्त्रालय भागबन्डाको टुंगो लागेपछि मन्त्रालय तय गर्न बैठक बसेको स्रोतले बतायो । आजै साँझसम्म मन्त्रिमण्डल विस्तार हुने सुरसार छ ।

हिजोको बैठकमा नेपाली काँग्रेसले आठ, माओवादी केन्द्रले पाँच, जसपा र एकीकृत समाजावादीले दुई दुई, लोसपा एक, नागरिक उन्मुक्ति, जनमत, आमजनता र नेसपाले एक एक वटा मन्त्रालय लिने सहमति भएको छ । 

नेपाली काँग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले सरकारमा नेतृत्व गर्ने बताइएको छ । काँग्रेसबाट खड्कासहित धनराज गुरुङ, एनपी साउद, सीता गुरुङ, डिकबहादुर लिम्बू, प्रकाशशरण महत, रमेश रिजाल र किशोर सिंह राठौर मन्त्री बन्ने पक्का भएको छ । डलर अर्बपति अर्थ नपाए परराष्ट्र भन्दै हिँडे पनि भाग नपुग्ने सम्भावना बढेको छ ।

टिप्पणीहरू