अमेजनले थप नौ हजार कर्मचारी हटाउने

अमेजनले थप नौ हजार कर्मचारी हटाउने

विश्वविख्यात अनलाइन व्यापारको पोर्टल अमेजनले थप नौ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले कर्मचारी कटौतीको पछिल्लो योजना सार्वजनिक गरेका छन् ।

यसअघि अमेजनले १८ हजार कर्मचारी कटौती गरिसकेको छ । पछिल्लो पटकसमेत गरेर अब कम्पनीको सेवाबाट २७ हजार कर्मचारीले हात धुँदै छन् । 

उनीहरुलाई आगामी एक महिनासम्ममा हटाइसकिने छ । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक पनि हो । यसमा विश्वभर १५ लाख कर्मचारी सेवारत छन् ।

यो पनि...

1. अपरेसन जर्नेलको घरमा नयाँ सेनापतिको चर्चा,सन्तोषको म्याद थपिँदै

2. संवैधानिक आयोगहरु जागिर खाने थलो बन्यो : राष्ट्रिय सभाका अध्यक्ष

टिप्पणीहरू