जसपाको अफिसमा गभर्नरहरुको भेला

जसपाको अफिसमा गभर्नरहरुको भेला

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच वटा प्रदेशका प्रमुख (गभर्नर) सँग सामूहिक भेटघाट गर्नुभएको छ । आज सिंहदरबारस्थित संघीय संसद सचिवालयको नम्बर २ भवनमा रहेको जसपा संसदीय दलको कार्यालयमा उक्त भेटघाट भएको हो । 

भेटवार्तामा अध्यक्ष यादव, कोशीका प्रदेश प्रमुख परशुराम खापुङ, मधेसका हरिशंकर मिश्र, बाग्मतीका यादवचन्द्र शर्मा, गण्डकीका पृथ्वीमान गुरुङ र कर्णाली प्रदेशका प्रमुख तिलक परियार सहभागी भएको बताइएको छ ।

उक्त भेटघाटका सम्बन्धमा थप जानकारी सार्वजनिक गरिएको छैन ।
 

टिप्पणीहरू