महिला पाइलटको टोलीलाई विमानस्थलमा भव्य स्वागत

महिला पाइलटको टोलीलाई विमानस्थलमा भव्य स्वागत

नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरुलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । दुबईबाट उडान भरेर सफलतापूर्वक अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई सरकारले विमानस्थलमा स्वागत गरेको हो । 

दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस आरए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई उडेको थियो । पाइलट पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका छन् । 

उनीहरुलाई विमानस्थलको विमान पार्किङमै पुगेर संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले स्वागत गर्नुभएको हो ।

टिप्पणीहरू