विनोद चौधरी बालुवाटारमा, महन्थ ठाकुरको टोली चप्पल कारखाना नजिकै

विनोद चौधरी बालुवाटारमा, महन्थ ठाकुरको टोली चप्पल कारखाना नजिकै

डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरी बिहान बालुवाटार पुगेका छन् । चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न उहाँको सरकारी निवास बालुवाटार पुगेको बताइएको छ ।

प्रधानमन्त्रीसँग झण्डै आधा घण्टा कुराकानी गरेपछि उनी साढे ९ बजेको हाराहारीमा बालुवाटारको ३ नम्बर गेटबाट बाहिरिएका हुन् 

उता, काँग्रेस सभापति शेरबहादुर देउवासँग उहाँको अस्थायी निवासमा लोसपाका नेताहरुले भेटवार्ता गरेका छन् । उनीहरु केहीबेरअघि महाराजगञ्जको चक्रपथस्थित चप्पलकारखाना नजिकै रहेको देउवा निवासमा पुगेका हुन् ।

सभापति देउवासँग लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झाले कुराकानी गरेका छन् । हिजो अपरान्ह बालुवाटार पुगेको उक्त टोली आज देउवासँग राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न गएको बताइएको छ । 

हिजो प्रधानमन्त्रीसँग लोसपा टोलीले राष्ट्रिय सहमतिको राष्ट्रपति चयनमा अध्यक्ष ठाकुरलाई अघि सारेको थियो । सोही विषय आज देउवासँग र एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पनि राखिने लोसपाका नेताहरुले बताएका छन् ।

टिप्पणीहरू